Section 155
बीमा सूचना केन्द्र
(१) प्राधिकरणले बीमा क्षेत्रको सूचना सङ्कलन गरी एकीकृत र .व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्नेछ।

(२) प्राधिकरणले उपदफा (१) बमोजिम स्थापना हुने बीमा सूचना केन्द्रलाई नियमन गर्नेछ।

(३) बीमा सूचना केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।